वीरगन्ज,१६माघ:पर्साकाे पाेखरियाका नेता तथा पूर्व गाविस अध्यक्ष शंकर राउत अहिरसहितका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
जनकपुरमा शुक्रबार कांग्रेस मधेस प्रदेश समितिले आयोजना गरेकाे पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा कांग्रेस सभापति गगन थापाकाे हातबाट टीका लगाएर अहिरसहित पर्सा क्षेत्र नम्बर ३ का नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन्।अहिरसंगै पाेखरिया नगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष सुरेन्द्र प्रसाद यादव, बिन्दवासिन गाँउपालिकाकी पूर्व उपाध्यक्ष किरणदेवी गुप्ता,उनका पति बब्लु गुप्ता लगायतका नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेस सभापति थापाकाे प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी,कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री,नेता शैलेन्द्र यादव लगायतकाकाेपनि उपस्थिति रहेको थियो।

