Madhes Khabar
राजनीति

काठमाडौ जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि रवि लामिछानेले भने : यो देशमा न्याय मरेको छैन

फाइल तस्बिर ।

काठमाडौं,२माघ:रास्वपा सभापति रवि लामिछानेले नेपालमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । सहकारी ठगी लगायतका मुद्दामा काठमाडौं जिल्ला अदालतबाट बुधबार धरौटीमा रिहा भएपछि लामिछानेले न्याय प्रक्रियालाई सघाएको बताए ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आदेशअनुसार काठमाडौं जिल्ला अदालतमा धरौटी वापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएपछि लामिछानेले प्रतिक्रिया दिदैं भनृ,’म न्याय प्रक्रिया सघाउनका लागि आएको भनेको थिए, अदालतप्रति एकदम सम्मान व्यक्त गर्न चाहन्छु।न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन ।’

काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । गत आइतबार अदालतमा उपस्थित भएका लामिछानेको यसबीचमा बयान र थुनछेक बहस भएको थियो ।साभार:इकान्तिपुर

Related posts

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन शाह, तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

MadhesKhabar

प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेका छन् : उपेन्द्र यादव

MadhesKhabar

प्रदेशसभा सदस्य उम्मेदवार कुर्मी भन्छन् : कामको मुल्यांकन गरेर जनताले फेरि जिताउछन्

MadhesKhabar

Leave a Comment