Madhes Khabar
राजनीति

पर्सा–१ मा कांग्रेसका उम्मेदवार रुंगटालाई जिताउन मुस्लिम समुदाय एकजुट

वीरगन्ज,१३माघःपर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा मंगलबार नेपाल मुस्लिम संघ पर्साले आयोजना गरेको बैठकमा मुस्लिम अगुवाहरुले पर्सा क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार अनिल रुंगटालाई जिताउने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस उम्मेदवार रुंगटापनि सहभागी उक्त बैठकमा नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँले क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटा मुस्लिम समुदायका भावना बुझ्ने र सदैव साथ दिने नेता भएको बताए। उनले विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा रुंगटाको स्पष्ट दृष्टिकोण रहेको उल्लेख गर्दै मुस्लिम समुदाय एकजुट भएर उनको समर्थनमा उभिएको बताए।

उक्त बैठकमा बोल्दै उम्मेदवार रुंगटाले आँफूले सबै समुदायलाई साथमा लिएर क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मुस्लिम समुदायसहित मधेसी, दलित, महिला र युवाको अधिकार सुनिश्चित गर्न कांग्रेसको नीति तथा कार्यक्रम अनुसार इमानदार प्रयास गर्ने बताए।

कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले नेपाली कांग्रेस सधैं समावेशी लोकतन्त्र, सामाजिक न्याय र अल्पसंख्यक समुदायको हकहितका पक्षमा उभिँदै आएको उल्लेख गरे। उनले रुंगटा जनताका दुःख–सुख बुझ्ने, इमानदार र विकासप्रति प्रतिबद्ध नेता भएको भन्दै सबै समुदायलाई एकताबद्ध भएर कांग्रेसलाई जिताउन आग्रह गरे।

कांग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदीले मधेस, मुस्लिम समुदाय तथा आम नागरिकको अधिकारका लागि नेपाली कांग्रेसको ऐतिहासिक योगदान रहेको बताए। उनले अवसरवाद र स्वार्थका लागि विचार बदल्ने प्रवृत्तिले जनताको विश्वास गुमाउने उल्लेख गर्दै स्थायित्व र लोकतान्त्रिक मूल्यका लागि कांग्रेसको विकल्प नरहेको धारणा राखे।

संघका अध्यक्ष मियाँको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस पर्साका सचिव इम्तियाज आलम,क्षेत्रीय सभापतिहरु अरबिन्द गुप्ता, महमद साहबुदिन लगायतकाको उपस्थिति रहेको थियो ।

 

 

 

Related posts

कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमतिमा के छ ?

MadhesKhabar

नेताहरुको घर जलाएपनि कांग्रेसको रथ रोकिनेवाला छैन :अजय चौरसिया

MadhesKhabar

प्रदीप गिरिको स्मृतिमा काठमाडौंदेखि काशीसम्म यात्रा गरिने

MadhesKhabar

Leave a Comment