Madhes Khabar
राजनीति

प्रदीप गिरिको स्मृतिमा काठमाडौंदेखि काशीसम्म यात्रा गरिने

काठमाडौं,३२साउन : समाजवादी चिन्तक, लोकतान्त्रिक चेतनाका मूल एवं नेपाली कांग्रेसका वैचारिक नेता स्वर्गीय प्रदीप गिरिको पहिलो स्मृति दिवस काठमाडौंदेखि भारतको काशीसम्म यात्रा गरेर मनाइने भएको छ।

प्रदीप गिरिको पहिलो वार्षिकीको अवसर पारेर प्रदीप गिरि पावन स्मृति आयोजक समितिले यही भदौ २ गतदेखि भदौ ५ गतेसम्म ’प्रदीप गिरिको पावन स्मृतिमाः लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म यात्रा’ कार्यक्रम आयोजना गर्ने भएको छ।

चार दिवसीय कार्यक्रम अन्तर्गत भदौ २ गते बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाट नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं– काशी यात्राको उद्घाटन गर्ने र यात्रीहरूको बिदाई गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यात्राका क्रममा विभिन्न स्थानमा श्रद्धाञ्जली सभा पनि आयोजना गरिनेछ। यात्रा समापन हुने वाराणसीस्थित गंगा नदीमा प्रदीप गिरिको अस्तु विसर्जनपछि वनारस हिन्दु विश्वविद्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरिने आयोजकले जनाएको छ।

प्रखर समाजवादी चिन्तक गिरिको ७५ वर्षको उमेरमा गत भदौमा निधन भएको थियो। नेता गिरि घाँटीको क्यान्सरबाट पीडित थिए।

Related posts

कांग्रेस सभापतिबाट गगन थापाले दिए राजिनामा

MadhesKhabar

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिइएको निवेदन अवैधानिक : जसपा नेपाल

MadhesKhabar

उपनिर्वाचन :मधेसमा कांग्रेस र जसपा नेपाल बराबर,जनमत पार्टी शुन्य

MadhesKhabar

Leave a Comment