Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

श्रीपन्चमीमा भाथा धामको दुधेश्वरनाथ महादेव मन्दिरमा हजारौं भक्तजनहरुले चढाए जल

प्रमोद यादव
पर्सा,९माघःपर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ भाथामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दुधेश्वरनाथ महादेव मन्दिरमा श्रीपञ्चमी (बसन्त पञ्चमी) को अवसरमा शुक्रबार हजारों भक्तजनहरूले जल चढाएका छन् ।पर्सा राष्ट्रिय निकुञ्जको घना जङ्गलबीचको पहाडमा अवस्थित दुग्धेश्वरनाथ महादेव मन्दिरमा शुक्रबार हजारौंको संख्यामा पुगेका श्रद्धालुहरूले दर्शन गर्नुका साथै भाथा बाबालाई जल अर्पण गरेका हुन्।

साथै नेपाल र भारतका विभिन्न स्थानबाट आएका जलबोझी काँवारियाहरुले पनि भाथा बाबालाई जल अर्पण गरेका छन् ।
शुक्रबार बसन्त पञ्चमीका दिन नेपालको बारा, पर्सा, रौतहट, चितवन र मकवानपुरका साथै भारतको रक्सौल, अरेराज, मोतीहारी, पटना, इनरुवा, मैनाटार र बेतिया लगायतका स्थानहरूबाट भक्तजनहरू भाथा बाबाको दर्शन र जलअर्पण गर्न पुगेका थिए। कतिपय भक्तजनहरूले भारतको अरेराज र नेपालको त्रिवेणी धामबाट जल भरेर पैदल यात्रा गर्दै काँवर लिएर आएका थिए। धार्मिक विश्वास अनुसार आजको दिन (बसन्त पञ्चमीका दिन) महादेवलाई जल चढाएमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।


मेला समितिका अनुसार मन्दिर परिसरमा शुक्रबार बिहानैदेखि पूजापाठ, अष्टयाम, भजनकीर्तन र कथावाचन लगायतका विविध धार्मिक कार्यहरू भइरहेका छन्। आफ्नो भाकल पूरा भएका र सन्तान प्राप्ति तथा सुख–शान्तिको कामना गर्नेहरूले विशेष पूजा अर्चना र प्रसाद अर्पण गरेका छन्।

दुधेश्वरनाथ मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक दृश्यावलोकनका लागि पनि उत्तिकै लोकप्रिय छ। पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने हुनाले यहाँ आउने भारतीय तथा नेपाली दर्शनार्थीहरूले मनमोहक पहाड र घना जङ्गलको दृश्य,वन्यजन्तुहरूको बासस्थान र प्राकृतिक पानीका स्रोत,निकुञ्जको शान्त र स्वच्छ वातावरणको आनन्द लिने गरेका छन्।दुधेश्वरनाथ महादेव मन्दिरमा श्रीपञ्चमी अर्था बसन्त पञ्चमीबाहेक वर्षको अन्य समयमा पनि भव्य मेला लाग्ने गर्दछ ।

Related posts

तराई-मधेसमा आज खिंचडी र माघी पर्व मनाइदैं

MadhesKhabar

पर्साको जिल्ला प्रशासन कार्यालयमा सिडिओ अर्यालको पहलमा पहिलो पटक इजलाश कक्ष स्थापना

MadhesKhabar

वीरगञ्जमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला आज पनि जारी

MadhesKhabar

Leave a Comment