Madhes Khabar
राजनीति

कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने

काठमाडौं,८माघःनेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा घोषणा गर्ने भएको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । उक्त बैठकबाट सभापति थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी छ ।

पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि थापा आफ्नो चुनावी क्षेत्र सर्लाही–४ मा जाने कार्यक्रम छ । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । थापाका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित क्षेत्र ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलोपल्ट सानेपामा बैठक बस्न लागेको हो। पार्टीभित्रको आन्तरिक कलहका कारण नवनिर्वाचित केन्द्रीय कार्यसमिति सानेपामा नगई बाहिर नै बैठक राख्दै आएको थियो ।

विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी पुस ३० गते थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

Related posts

प्रधानमन्त्री ज्यू जुध्नु परे तयार छु,तर सम्झौता गर्दिनँ : मेयर बालेन साह

MadhesKhabar

प्रधानमन्त्री सहित शीर्ष नेताहरुले भने : मधेस र देशका लागि उपेन्द्र यादवले नै जित्नुपर्छ

MadhesKhabar

रौतहटको मौलापुरकी मेयर साहलाई पुनर्बहाली गर्न सर्वाेच्चको अन्तरिम आदेश

MadhesKhabar

Leave a Comment