काठमाडौं,६माघःपूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् ।उनको स्वकीय सचिवालयले देउवाले यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको जानकारी गराएको हो ।
’आदरणीय सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु, स्वकीय सचिवालयका भानु देउवाले भने ।प्रतिनिधिसभा निर्वाचनका लागि आज (मंगलबार )उम्मेदवारी दर्ता हुँदैछ ।

