वीरगन्ज,२९पुस:३०४ ओैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे उपलक्ष्यमा पर्साकाे पर्सागढी नगरपालिका-६ पर्सागढीमा नेपाली सेनाले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा विद्या सदन मावि वीरगन्ज प्रथम भएको छ।
नेपाली सेनाकाे वीरगन्जस्थित श्री जंग गणलेआयाेजना गरेकाे विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा गाैतम मावि वीरगन्ज द्वितय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्वा छटैली तृतीय भएको छ।
उक्त प्रतियोगितामा ७ वटा विद्यालयले भाग लिएका थिए।प्रतियोगितामा नेपाली सेनाकाे वीरगन्जस्थित श्री जंग गणका गणपति(कर्णेल) लाेकेन्द्र कार्की,पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठक,वडाध्यक्ष,विभिन्न विद्यालयका प्रधानाध्यापक,शिक्षक,विद्यार्थी लगायतकाकाे पनि उपस्थिति थियाे।

