Madhes Khabar
राजनीति

म एमालेमा प्रवेश गर्ने हल्ला भ्रामक हाे, त्यसमा कुनै सत्यता छैन : पूर्वमन्त्री प्रदीप यादव

वीरगन्ज,२८ पुस:पूर्वमन्त्री प्रदीप यादवले आँफु नेकपा एमालेमा प्रवेश गर्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन्।पर्सा क्षेत्र नम्बर १ का निर्वतमान सांसद समेत रहेका यादवले भने,`केहि मिडियामा एमालेमा प्रवेश गर्ने तयारी भनेर समाचार लेखेकाे भनेर भ्रामक हल्ला फिजाइएकाे रहेछ,त्याे भ्रामक हल्ला हाे,एमाले प्रवेश गर्ने कुरा मैले साेचेकै छैन।´

 

साेमबार केही अनलाइन मिडियामा पूर्वमन्त्री प्रदीप यादव एमालेमा प्रवेश गर्ने तयारीमा भन्ने समाचार आएकाे छ।

 

उक्त समाचारकाे खण्डन गर्दै यादवले भने,` हामीले मधेसकाे मद्दालाई अझ सशक्त बनाउन र मधेस आन्दोलनका उपलब्धिका रक्षाका लागि जसपा नेपालसंग एकता गरेका हाैं । कुनै पदकाे बार्गेनिङ गरेर हाेइन।´

 

यादवले एमालेमा प्रवेश गर्ने हल्लाकाे पछाडि नलाग्न नेताकार्यकर्तालाई आग्रह पनि गरे।

Related posts

अहिलेको सरकारलाई चुनाव गराउने अधिकार छैन : केपी ओली

MadhesKhabar

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायमै

MadhesKhabar

देउवाको कारबाहीपछि गगनले भने :‘हामी नै आधिकारिक कांग्रेस हो, रुख र चारतारे झन्डा हामीसंग छ’

MadhesKhabar

Leave a Comment