Madhes Khabar
राजनीति

झापा– ५ बाट एमालेले गर्‍यो केपी ओलीको एकल नाम सिफारिस

फाइल तस्बिर ।

काठमाडौं,१९पुसःफागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेकपा एमालेले केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ।

झापाको बिर्तामोडमा बसेको एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।

अब हुने फागुन २१ को निर्वाचनका लागि उम्मेदवारको नाम सिफारसि गर्न शनिबार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकमा अन्य कुनै पनि उम्मेदवारको दाबेदारी नआएपछि अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा केन्द्रीय कमिटिमा सिफारिस गरिएको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।

Related posts

संविधानसभा सदस्य रामेश्वर रौनयिार काँग्रेसको साधरण सदस्यबाट समेत निलम्बित

MadhesKhabar

गृहमन्त्रीले राजिनामा नदिए आन्दोलन थप चर्काउने राप्रपाकाे चेतावनी

MadhesKhabar

आफैलाइ भोट हाल्न नपाउने पर्साका उम्मेदवारहरु

MadhesKhabar

Leave a Comment