वीरगन्ज,१५पुसःनेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पर्सा जिल्लाबाट एक जना मात्रै पर्न सफल भएका छन् ।
कांग्रसले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा ११० जनाको नाम पेस गरेकोमा पर्साबाट एक जनामात्रै पर्न सफल भएका हुन् ।पर्साबाट सुजाता देवीको मात्रै नाम परेको हो ।कांग्रेसले उनको नाम मधेसी महिला कलष्टरमा राखेर समानुपातिक उम्मेदवार बनाएको हो ।
सुजाता देवीको नाम पर्सा क्षेत्र नम्बर ४ बाट कांग्रेसको क्षेत्रीय कार्यसमितिले पनि सिफारिस गरेको थियो ।पर्साको छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वा निवासी सुजाता देवी, कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधि किशोर जयसवालकी पत्नि हुन् ।
गत मंसिर अन्तिम साता जिल्लाका चार वटै निर्वाचन क्षेत्रबाट क्षेत्रीय कार्य समितिहरुले सामानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिस गरेकोमा त्यसमध्ये एक जना मात्रै अर्थात सुजाता देवीको नाम कांग्रेसले बन्दसूचीमा राखेर निर्वाचन आयोगमा पेस गरेको हो ।
समानुपातिक तर्फका उम्मेदवारका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट क्षेत्रीय कार्यसमितिले राजकृष्ण अमात्य, इश्वरभक्त श्रेष्ठ,कासिमा खातुन, बुनेल राम र किरण सरकार, क्षेत्र नम्बर २ बाट गम्भीरा साह, राजनाथ ठाकुर, विद्या श्रेष्ठ,रुपा श्रेष्ठ र जुनमाया बल, क्षेत्र नम्बर ३ बाट मुकेश कुर्मी,ध्रुब कुशवाहा र मनोज यादव तथा क्षेत्र नम्बर ४ बाट वृहस्पतिकृष्ण श्रेष्ठ र सुजाता देवीको नाम सिफारिस गरेका थिए ।

