Madhes Khabar
राजनीति हेडलाइन

रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पर्साबाट एक जनामात्रै

वीरगन्ज,१५पुसःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पर्सा जिल्लाबाट एक जना मात्रै परेका छन् ।

बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर रास्वपाले निर्वाचयन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा ११० जनाको नाम पेस गरेकोमा पर्साबाट एक जनामात्रै पर्न सफल भएका हुन् ।पर्साबाट डा. नन्दन यादवको मात्रै नाम परेको हो ।पेशाले शिक्षकसमेत रहेका यादव रास्वपाका केन्द्रिय सदस्यपनि हुन् ।

रास्वपामा समानुपातिकतर्फको उम्मेदवारका लागि पर्साबाट यादवसहित ५ जनाले नाम दिएका थिए । पर्साबाट मधेसी कलक्ष्टरबाट यादव, खस आर्य कलष्टरमा देवकुमारी कँडेल (सबु कँडेल) र पुरुषोत्तमदेव यादव, दलित कलष्टरमा कृष्ण पासवान र मुस्लिम महिला कलष्टरमा मोरियम खातुन गरी ५ जनाले आवेदन दिएका थिए ।

तीामध्ये मधेस कलष्टरको पहिलो नम्बरमा यादवको नाम बन्दसूचीमा परेको रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी दिए ।

 

Related posts

पोखराको मेयर सम्मेलन : महानगरका लागि छुट्टै ऐन जारी गर्न अनुरोध

MadhesKhabar

ईलाका प्रहरी कार्यालय छपकैयामा आयोजित कार्यक्रममा १ सय जनाले गरे रगतदान

MadhesKhabar

मधेसका लागि सडक देखि सदन सम्म लडेका प्रदीप यादवलाई जिताउन महिलाहरुको आग्रह

MadhesKhabar

Leave a Comment