Madhes Khabar
राजनीति

मधेसका लागि सडक देखि सदन सम्म लडेका प्रदीप यादवलाई जिताउन महिलाहरुको आग्रह

मधेसखबर
वीरगन्ज, १७ कार्तिक : पर्सा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार प्रदीप यादवको पक्षमा मतदान गर्न आह्वान गर्दै महिला नेतृहरुको समूहले थालेको घरदैलो अभियान निरन्तर जारी रहेको छ ।

समाजवादी महिला संघ मधेश प्रदेशकी उपाध्यक्ष पिंकी यादवको अगुवाइमा वीरगन्ज महानगरपालिका वडा नम्वर १४ मा बिहीबार घरदैलो गर्दै महिलाहरुले जनताकै बीचमा रहेर काम गर्ने प्रदीप यादवलाई मतदान गर्न आग्रह गरे ।

मतदातासँगको भेटमा उनीहरुले जनताकै बीचमा रहेर विकासका काममा निरन्तर लागेका व्यक्ति प्रदीप यादव मात्रै रहेकाले आफ्नो ठाउँलाई समुन्नत बनाउन फेरि पनि उनलाई नै जिताउनु पर्ने भन्दै छाता छापमा मतदान गर्न आग्रह गरे ।

नागरिकताको सवालमा प्रदीप यादवले सदन र सडकमा निरन्तर आवाज उठाउँदै आएको र न्यायालयमा पनि मुद्धा लडेको स्मरण गराउँदै महिला नेतृहरुले त्यसलाई निर्णायक चरणमा पुर्याउन पनि प्रदीप यादवलाई जिताउनु पर्ने भन्दै मतदातालाई आग्रह गरे । मतदाताहरुले पनि आफूहरुले जोश जागरले भरिएको र सदैब जनताकै बिचमा रहने यादवलाई नै मतदान गरेर फेरि पनि जिम्मेवारी सुम्पन तयार रहेको बताए ।

घरदैलो कार्यक्रममा जसपा नेतृहरु अन्नपूर्णा मानन्धर, पिंकी सिंह, प्रेरणा श्रेष्ठलगायतको सहभागीता थियो ।

Related posts

अन्तरघातको विषयलाइ लिएर पर्साका काँग्रेसीहरु बिच आरोप प्रत्यारोपको दोहोरी

MadhesKhabar

शेर बहादुर देउवा दूरदर्शी नेता हुन् : कांग्रेस प्रवक्ता महत

MadhesKhabar

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न बिजुलीकाे `बल्ब´

MadhesKhabar

Leave a Comment