Madhes Khabar
खेलकुद

वीरगन्जमा आयोजित एनआई कपको उपाधि नेशनल इन्फोटेक कलेजले जित्यो

वीरगन्ज,१४पुसःवीरगन्जमा आयोजित नेशनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट कप (एनआइ कप) को उपाधि आयोजक नेशनल इन्फोटेक (एनआई ) कलेजले जितेको छ ।

नारायणी क्रिकेट मैदानमा सोमबार भएको खेलमा ज्ञानदा एकेडेमीलाई ५ विकेटले पराजित गर्दै एनआई कलेजले एनआई कपको पाँचौ संस्करणको उपाधि उचालेको हो ।

ज्ञानदा एकेडेमीले दिएको १३८ रनको लक्ष्य एनआई कलेजले १९.१ ओभरमा केवल ५ विकेटमात्रै गुमाएर पुरा गर्यो । एनआई कलेजका लागि परिमार्जन यादवले ४९ रन र मोहताब आलमले ४८ रन बनाए ।बलिङतर्फ ज्ञानदा एकेडेमीका रोबिन कुमारले ३ र अंकुश गुप्ताले १ विकेट सलए ।

त्यसअघि पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनमात्रै बनाएको थियो । उसका लागि विवेक प्रजापतिले ३६ र अंकीत कुर्मीले ३५ रन बनाएका थिए । बलिङतर्फ एनआई कलेजका निरज पटेलले ४ र अभय यादवले १ विकेट लिएका थिए ।

पर्सा क्रिकेट संघको समन्वयमा एनआई कलेजले आयोजना गरेको प्रतियोगितामा पर्सा, बारा र मकवानपुर जिल्लाका कुल १० वटा कलेजका टिमहरूले भाग लिएका थिए ।

 

Related posts

नेपाल पहिलो पटक आईसीसी यू-१९ विश्वकपमा छनाैट

MadhesKhabar

विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

MadhesKhabar

फेरि चलेन चेन्नईकाे जादु, पञ्जाबसंग ७ विकेटले पराजित

MadhesKhabar

Leave a Comment