Madhes Khabar
राजनीति

जसपा र जसपा नेपालबीच भयो पार्टी एकता

 

वीरगन्ज,१४ पुसः जनता समाजवादी पार्टी (जसपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच पार्टी एकता भएको छ ।जसपाका सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवसहित बहुमत केन्द्रिय सदस्यहरुले उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालसंग पार्टी एकता गरेका हुन् ।

यसअघि आइतबारमात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)संग उपेन्द्र यादवको पार्टी जसपा नेपालले पार्टी एकता गरेको थियो । त्यसको भोलिपल्टै सोमबार जसपा र जसपा नेपालबीच एकता गरिएको हो ।

पार्टी एकताको सहमति पत्रमा जसपाकी सहअध्यक्ष रेणु यादव र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका हुन् ।

‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो ‘ सहमति पत्रमा उल्लेख छ ।

 

Related posts

पत्रकार ऋषि धमलाकी पत्नी एलिजा पूर्वमन्त्रीप्रभु साहकाे पार्टी आजपामा प्रवेश

MadhesKhabar

काँग्रेसको धम्कीपूर्ण निर्देशन– बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निकालिन्छ

MadhesKhabar

पर्सा–१ का कांग्रेस उम्मेदवार रुंगटाको चुनाव खर्च २१ लाख ५० हजार मात्रै

MadhesKhabar

Leave a Comment