Madhes Khabar
राजनीति

वीरगन्ज महानगरका वडामा रास्वपाको संगठन विस्तार सुरु

वीरगन्ज,५पुसः राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)ले वीरगन्ज महानगरका वडाहरुमा संगठन विस्तार सुरू गगरेको छ । यसैक्रममा शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३ मा आयोजित रास्वपाको भेलालले किरण कटुवालको सभापतित्वमा वडा ईकाइ समिति गठन गरेको छ ।

समितिको उपसभापतिमा लालबाबु मन्सुरी ,सचिवमा अनिल कुमार दास ,सहसचिवमा एकबाल मियाँ र राकेश महर्जन तथा सदस्यहरुमा सुरेश पासी ,असरफ मन्सुरी ,नुरेनबी मन्सुरी , छोटु साह सोनार ,राजु कुमार स्वामी ,समीर मियाँ धोबी,राजन कुमार दास,अजय कुमार दास,जावेद मियाँ मन्सुरी रहेका छन् ।यस्तै समितिको सल्लाहकारमा मञ्जुरल हक अन्सारी सम्सुदिन अन्सारी र ज्याउल हक मन्सुरी रहेका छन् ।

उक्त भेलामा बोल्दै रास्वपा पर्साका सभापति हरी पन्तले अब छिट्टै नै रास्वपाले महानगरको ३२ वटै वडामा समिति गठन गर्ने बताए । उनले अहिले महानगरका ३२ वटै वडाहरुबाट रास्वपामा प्रवेश गर्नेहरुको लहर नै चलेको बताए ।

रास्वपाका महानगर सभापति महोमद्व आलमको सभापतित्वमा भएको उक्त भेलाको सहजिकरण सचिव गौतम श्रेष्ठले गरेका थिए । भेलामा रास्वपाका महानगर उपसभापति परितोस द्विवेदी ,सहसचिव मुन्ना साह र नेता परवेज आलमकोपनि उपस्थिति रहेको थियो ।

Related posts

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न एकिकृत समाजवादी पर्साको माग

MadhesKhabar

जनमत पार्टी पर्साका सह-इन्चार्ज मुकेश द्विवेदीले दिए राजिनामा

MadhesKhabar

पर्सामा बागी उम्मेदवारी दिएकाहरु जसपाबाट निश्कासीत

MadhesKhabar

Leave a Comment