Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ हालसम्मकै महँगो

काठमाडौं,२८मंसिरःनेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ ।आज( आइतबार) सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

अघिल्लो दिन अर्थात गत शुक्रबारको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज तोलामा ८०रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ रहेको चाँदीको भाउ आज भने तोलामा ८० रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।

Related posts

भारतबाट बढेर आयाे इन्धनकाे भाउ

MadhesKhabar

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

MadhesKhabar

सुनको मूल्य एकैदिन ५ हजार ४०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

MadhesKhabar

Leave a Comment