Madhes Khabar
अर्थतन्‍त्र

सुनको भाउ हालसम्मकै महँगो

काठमाडौं,२८मंसिरःनेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ ।आज( आइतबार) सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

अघिल्लो दिन अर्थात गत शुक्रबारको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज तोलामा ८०रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ रहेको चाँदीको भाउ आज भने तोलामा ८० रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।

Related posts

वीरगन्ज चिनी मिल चले आफनो घर सरकारको नाममा गरिदिने सांसद श्रीवास्तवको घोषणा

MadhesKhabar

वीरगन्जको ड्राइपाेर्टमा डेढ वर्षदेखि थन्कियाे १८ हजार बाेत्तल विदेशी मदिरा

MadhesKhabar

वीरगन्जका सुनचाँदी पसलहरुमा महानगरकाे अनुगमन

MadhesKhabar

Leave a Comment