Madhes Khabar
राजनीति

वीरगन्जमा एकसाथ ५० जना युवाहरु जनमत पार्टीमा प्रवेश

वीरगन्ज,२७मंसिर:वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सौरहामा शनिबार ५० जना युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।शनिबार जनमत पार्टीले आयाेजना गरेकाे कार्यक्रममा ती युवाहरु जनमतमा प्रवेश गरेकाे जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।

उक्त कार्यक्रममै भेला अशोक कानुको अध्यक्षतामा जनमत पार्टीको वडा इकाई समिति र अभय शर्माको अध्यक्षतामा वडास्तरीय युवा दस्ता गठनपनि गरिएको छ।

 

कार्यक्रममा बाेल्दै जनमत पार्टीका जिल्ला अध्यक्ष सरार्फले अबको नेतृत्व युवा पुस्तामा पुस्तान्तरण हुनु पर्ने बताए । वडा देखि प्रतिनिधि सभा सम्म युवाहरु जनप्रतिनिधि भएर देश र समाजको नेतृत्व लिनु पर्नेमा उनल जोड दिए।

 

कुनैपनि निकायमा हुने अनियमितता र भ्रष्टाचार राेक्न जनमत पार्टीको युवा दस्ता २४ औं घन्टा स्वयंसेवकको रुपमा सहयोग गर्न र खबरदारी गर्न तत्पर हुने उनले बताए।

 

कार्यक्रममा जनमत पार्टीका जिल्ला सदस्य नागेन्द्र गुप्ता, वीरगन्ज महानगर उपाध्यक्ष निराजन कुशवाहा, युवा दस्ता र जेन्जि जनमत संघका जिल्ला अध्यक्ष मनोज साह, उपाध्यक्ष रोशन पान्डे, युवा दस्ताका महानगर संयोजक अजित सिंह, युवा दस्ताका आँशु सिंह, सुमित सिंह,मन्जय शर्मा लगायतकाको उपस्थित रहेको थियो।

Related posts

असंवैधानिक कदम चाल्ने राष्ट्रपतिले ठूलो मुल्य चुकाउनु पर्छ : युवा नेता लोकेश सिंह

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार रुपेशमानको पक्षमा मतदाता आफैँ गर्दैछन् ठाउँ ठाउँमा भेला

MadhesKhabar

२०८२ साल अब इतिहास भयो : केपी ओली

MadhesKhabar

Leave a Comment