Madhes Khabar
स्थानिय

पर्साको जिराभवानी गाँउपालिका कार्यालयमै कर्मचारीहरुले पत्रकार गुप्तामाथि गरे दुव्यर्वहार

वीरगन्ज,२६ मंसिरःपर्साको जिराभवानी गाँउपालिकाको कार्यालयमा समाचार संकलनका लागि पुगेका पत्रकार शैलेश साह गुप्तामाथि त्यहाँका कर्मचारीले दुव्यर्वहार गरेको घटना प्रकाशमा आएको छ।

गत बुधवार गाँउपालिका कार्यालयमा समाचार संकलनका लागि पुगेका बेला गाँउपालिका कार्यालयका कर्मचारीहरु इन्द्रजीत हजरा, जितेन्द्र मिश्रा लगायतको समुहले अपशब्द प्रयोग गरी मोबाइल खोस्ने प्रयास गर्नुका साथै हातपातको प्रयासपनि गरेको प्रेस चौतारी नेपाल पर्साका सदस्यसमेत रहेका गुप्ताले बताए ।

जिराभवानी गाउँपालिका कार्यालयमा भइरहेको अनियमितता, भ्रष्टाचार र कर्मचारीहरुको अनुपस्थितिको सम्बन्धमा स्थानीयले दिएको सूचनाका बारेमा समाचार संकलनका लागि आँफु गत बुधवार करिब साढे १२ बजे गाउँपालिकाको कार्यालयमा पुग्दा कर्मचारीहरुले दुव्र्यवहार गरेको गुप्ताले बताए ।

कार्यालय समयमै कर्मचारीका कुर्सीहरु खाली रहेको अवस्थामा खाली कुर्सीको फोटो खिच्न खोज्दा त्यहाँ रहेका केहि कर्मचारीहरूले मोबाइल खोसेर दुव्यर्वहार गरेको उनले बताए । फोटो खिच्न लाग्दा नानाथरी गालीलगलौज गर्दै उनिहरुले मोबाइल खोसेर फोटो डिलेट गर्नुका साथै हातपातको प्रयासपनि गरे गुप्ताले बताए ।

यसैबिच शुक्रबार प्रेस चौतारी नेपाल पर्साले एक विज्ञप्ति जारी गर्दै श्रमजीवी पत्रकार शैलेश गुप्ताले सूचना सम्प्रेषणको लागि आफनो अधिकार र परिधिभित्र रही कार्य गरिरहेको अवस्थामा उनीमाथि दुव्यर्वहार गर्ने उच्छृंखल कर्मचारीहरुलाई कारबाहीको माग गरेको छ ।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रले जिराभवानी गाउँपालिका कार्यालयको सिसिटिभी फुटेज निकालेर उक्त घटनाको छानबिन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्नपनि माग गरेका छन् । उनले पत्रकार गुप्तामाथि दुव्यर्वहार गर्ने कर्मचारीहरुलाई प्रचलित कानून बमोजिम कारबाही गर्न माग गरेका छन् ।दोषी कर्मचारीहरुमाथि कारबाही नगरिए प्रेस चौतारी नेपाल पर्सा आन्दोलन गर्न बाध्य हुने विज्ञप्ति मार्फत चेतावनीपनि दिइएको छ ।

Related posts

कलैयामा स्कुल बसकाे ठक्करबाट ३ वर्षिय बालककाे मृत्युु

MadhesKhabar

वीरगन्जमा तस्करी गरि ल्याइएको ८ सय किलो काजु बरामद

MadhesKhabar

चुरियामाईमा भएकाे बस दुर्घटनाका घाइते भन्छन् : ड्राइभरले रक्सी पिएका थिए

MadhesKhabar

Leave a Comment