Madhes Khabar
स्थानिय

चुरियामाईमा भएकाे बस दुर्घटनाका घाइते भन्छन् : ड्राइभरले रक्सी पिएका थिए

बारा,७भदाैं: बाराकाे चुरीयामाईमा बिहीबार बिहान भएकाे बस दुर्घटनाका घाइते धरम सिंहले सवारी चालक (ड्राइभर ) ले होटलमा खाना खाने क्रममा मदिरा (रक्सी ) सेवन गरेको बताएका छन् ।

होटलमा मदिरा सेवनपछि ड्राइभरले बस द्रुतगतिमा चलाएको र चुरीयामाई मन्दिर ओरालोमा आएपछि आफू हाम्फालेर भागेको बताए ।

सवारी चालको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ ।

दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा एक नेपालीसहित ७ जनाको मृत्यु भएको छ।१७ जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान करिब अढाई बजे दुर्घटनामा परेको हो ।

Related posts

बाराको दुधौरा पुल निर्माणको काम छिटो सक्न ठेकेदारलाई मन्त्री कुलमान घिसिङको निर्देशन

MadhesKhabar

बहुदरमाईमा आगलागी हुदाँ घर र गाेठ जलेर नष्ट, घरधनी राम घाइते

MadhesKhabar

पर्साका सीडीओ सुबेदीको २ महिनामै सरुवा, पर्सामा अब दाहाल आउँदै

MadhesKhabar

Leave a Comment