Madhes Khabar
स्थानिय

बहुदरमाईमा आगलागी हुदाँ घर र गाेठ जलेर नष्ट, घरधनी राम घाइते

फाइल तस्बिर ।

वीरगन्ज,२८साउन:पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर २ मा बुधबार बिहान आगलागी हुदाँ स्थानीय राजु रामकाे फुसकाे घर र गाेठ जलेर नष्ट भएको छ।

घरभित्रकाे चुल्हाेमा भैंसीका लागि खाेले पकाउन बालिएकाे आगाेबाट बिहान सवा ५ बजे आगलागी हुदाँ घर र घरसंगै रहेकाे गाेठ पूर्णरूपमा जलेर नष्ट भएको हाे।आगलागीबाट घरभित्र रहेका लत्ताकपडा,भाँडावर्तन,अन्नपात जल्नुका साथै गाेठभित्र रहेका पाडा र बाख्रापनि जलेर मरेको प्रहरीले जनाएको छ।

आगाे निभाउने क्रममा जलेर घरधनी रामपनि घाइते भएको प्रहरीले जनाएको छ।घाइते रामकाे वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।

घर र गाेठमा लागेकाे आगाे प्रहरी र स्थानीयले मिलेर निभाएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।आगलागीबाट अन्दाजी ४ लाख ५० हजार रुपैयाँ बराबरकाे धनमालकाे क्षति भएको प्रहरीले जनाएको छ।

Related posts

छुरा प्रहार गरी कान्छी पत्निकाे हत्या गर्ने वीरगन्जका एजहारुलहक पक्राउ

MadhesKhabar

वीरगन्जलाई ‘हरियाली शहर’ बनाउन वृक्षारोपण अभियान जारी

MadhesKhabar

पकहा मैनपुर गाँउपालिकाकाे गाँउसभा सम्पन्न: ३१ कराेड ५९ लाखकाे बजेट सर्वसम्मतिले पारित

MadhesKhabar

Leave a Comment