Madhes Khabar
राजनीति

आज ४ जना मन्त्री थप्दै प्रधानमन्त्री कार्की, को–को बन्दै छन् मन्त्री ?

काठमाडौं,२६मंसिरः अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । प्रधानमन्त्री कार्कीले आज चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

राष्टपति कार्यालय शीतल निवास स्रोतका अनुसार आज श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।

श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईलाईं वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीहरुको शपथ आजै दिउँसो ३ बजे हुने बताइएको छ ।

यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो । पछिल्लोपटक गत कात्तिक ९ गते तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्यीय पु¥याइएको थियो । त्यसबेला डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको थियो ।आज चौथोपटक मन्त्रिपरिषद विस्तार भएपछि मन्त्रिमण्डल अब १४ सदस्यीय हुने भएको छ ।

Related posts

वीरगन्ज आएर ओेलीले भने :भुकम्प पिडितकाे उद्धार र राहतमा सरकारलाई सघाउन एमाले तत्पर छ

MadhesKhabar

उपेन्द्र यादवसहित जसपाका दुई मन्त्रीले लिए शपथ,उपप्रधानमन्त्रीको वरियतामा यादव अन्तिममा

MadhesKhabar

समर्थन फिर्ता लिएर सरकार छाड्ने एमालेकाे निर्णय

MadhesKhabar

Leave a Comment