Madhes Khabar
राजनीति

कांग्रेसकाे रुपान्तरण अभियान जनकपुरबाट सुरु

जनकपुर,१६जेष्ठ : नेपाली कांग्रेसको रुपान्तरण अभियान सुरु भएको छ। उक्त अभियान मधेस प्रदेशको जनकपुरबाट शुभारम्भ भएको हो।

नेपाली कांग्रेसलाई सशक्त, लोकप्रिय र गतिशील पार्टी बनाउने उद्देश्यसहित रुपान्तरण अभियान सुरु भएको हो। उक्त अभियान मेचीदेखि महाकालीसम्म सातै प्रदेशमा बृहत् भेला गरेर सञ्चालन गरिने कांग्रेसले जनाएको छ।

‘यो अभियान गुट निरपक्ष अभियान हो। यो कसैलाई कमजोर बनाउने र कसैको जयजय कार गर्ने तथा निश्चित समूहको स्वार्थ र हितमा काम गर्ने अभियान नभएर सिंगो  पार्टिलाई बलियो बनाउने र पार्टिकै चिन्ता चासोले पार्टिकै हितमा प्रारम्भ गरिएको अभियान हो,’ कांग्रेसले भनेको छ।

कांग्रेसको यथास्थिति, गुटबन्दी, परम्परावादी, व्यक्तिवादी र सत्तावादी भएर चल्न नसक्ने भन्दै पार्टीमा तत्काल परिवर्तनको आवश्यकता रहेको भन्दै युवा नेताहरूको पहलमा रुपान्तरण अभियान सञ्चालन भएको हो।

Related posts

लोसपाको घोषणापत्र सार्वजनिक – पालिकालाई भ्रष्टाचारमुक्त बनाउने

MadhesKhabar

जय नेपाल फाउन्डेसनको पर्सा संयाेजकमा युवा नेता मनाेहर साह

MadhesKhabar

प्रभु साह र उपेन्द्र यादवकाे टकरावले रौतहटमा बढ्दैछ राजनीतिक तनाव

MadhesKhabar

Leave a Comment