Madhes Khabar
मधेस प्रदेश

रेडक्रसकाे एम्बुलेन्सबाट ५१ केजी गाँजा बरामद

सर्लाही,२१मंसिर:सर्लाहीमा नेपाल रेडक्रस साेसाइटीकाे एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न लागेको एम्बुलेन्स आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । त्यसका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको छ ।

उता, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related posts

रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

MadhesKhabar

सवैया साझेदारी वन समिति विरुद्ध युवाहरु आन्दोलित

MadhesKhabar

देवतालमा स्थगीत मतदान सुचारु

MadhesKhabar

Leave a Comment