काठमाडौं,१९ मंसिरः मधेस प्रदेशको नयाँ मुख्यमन्त्री नेपाली कांग्रेसका नेता कृष्ण यादव बन्ने पक्का भएको छ । यादवलाइलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको हो ।
शुक्रबार अपरान्हसम्म चलेको नेकपा एमाले बाहेकको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको लोसपा संसदीय दलका नेता जयनुल रायनले जानकारी दिए ।
अब केहीबेरमा सात दलका नेताहरु प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर ७ दलको तर्फबाट मुख्यमन्त्रीमा यादवको पक्षमा दाबी पेस गर्ने तयारी रहेको लोसपा संसदीय दलका नेता रायनले जानकारी दिए ।
सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

