Madhes Khabar
राजनीति

पर्सा-४ को एमाले महाधिवेशन प्रतिनिधि छनोटप्रति नेता थारूको आपत्ति

काठमाडौं,१५मंसिर:पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोट विवादमा तानिएको छ ।

एमालेका मधेस प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारूले सार्वजनिक महाधिवेशन प्रतिनिधि सूचीप्रति असहमति जनाएका छन् ।सोमबार सार्वजनिक भएको प्रतिनिधि छनोटको निर्णय आफूहरूलाई अमान्य भएको नेता थारूले बताए ।

उनले भने, ‘हामीलाई विद्या भण्डारी, ईश्वर पोखरेल निकट भनेर यस्तो व्यवहार गरिएको छ । यो निर्णय हामीलाई स्वीकार्य छैन ।’

क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि १४ जनाको उम्मेदवारी परेको र निर्वाचन अधिकृतले समेत १७ मंसिरमा निर्वाचन गर्ने सूचना प्रकाशित गरिसकेको अवस्थामा उम्मेदवारहरूको समेत सहमति नलिई सूची सार्वजनिक गरिनु आपत्तिजनक भएको थारुले बताए ।

थारूले सामाजिक सञ्जालमार्फत उक्त सूची अस्वीकार गर्ने घोषणा गरेका छन् ।

उनले लेखेका छन्- ‘नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटका लागि पर्सा निर्वाचन क्षेत्र नं ४ मा ११ मंसिरमा हामी उम्मेदवारहरूले मनोयन दर्ता गराएका थियौं । ३ वटा क्लस्टरका लागि १४ जना उम्मेदवार मनोयन दर्ता गराएका थियौं । र दलित ३ वटा क्लस्टरका लागि ४ जनाको उम्मेदवार मनोयन दर्ता भएको छ । निर्वाचन प्रमुख केशव शर्मा सरसँग हामी उम्मेदवारहरूले बसेर छलफल गरी सहमति अनुसार १७ मंसिरमा निर्वाचन प्रक्रियामा जाने सहमति भए अनुसार निर्वाचन प्रमुखले सूचना पनि प्रकाशन गरिसक्नु भएको छ । हामी उम्मेदवारहरूले आफ्नो उम्मेदवारी मनोयन दर्ता फिर्ता पनि लिएका छैनौं । तर आज एकाएक सामाजिक सञ्जाल फेसबुकमा सहमतिबाट प्रतिनिधि छनोट भएको हेर्दा मलाई त अश्चार्य लागेको छ । साथै मेरो घोर आपत्ति छ । कुनै पनि हालतमा हामाीलाई स्वीकार्य छैन ।’

नेता थारू एमालेबाट २०७० सालको संविधान सभा निर्वाचनमा पर्साबाट निर्वाचित संविधान सभा सदस्य समेत हुन् ।


पर्सा क्षेत्र नम्बर ४ बाट खुलातर्फ जालिम मियाँ मन्सुरी, मनोज गुप्ता, लालबहादुर श्रेष्ठ र वीरेन्द्र यादव, युवातर्फ सुभाषकुमार साह तथा महिलातर्फ गोकुली रेग्मी र अंशु आनन्द सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट भएको सूची साेमबार सार्वजनिक गरिएको छ ।

एमालेले पर्सा क्षेत्र नम्बर १, २ र ३ मा भने आइतबार नै महाधिवेशन प्रतिनिधिको टुंगो लगाइसकेको थियाे ।साभार:अनलाइनखबर

Related posts

मधेस विरोधी एमाले र जसपालाई बहिष्कार गर्न श्रेष्ठको आह्वान

MadhesKhabar

खानेपानी मन्त्री यादवको पहलमा लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश

MadhesKhabar

जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्दै

MadhesKhabar

Leave a Comment