Madhes Khabar
राजनीति

खानेपानी मन्त्री यादवको पहलमा लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश

वीरगन्ज,१२माघःलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दुई जना केन्द्रीय सदस्यहरु जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

शनिबार वीरगन्जको होटल पुजनमा आयोजित जसपाको कार्यक्रममा लोसपाका केन्द्रिय सदस्यद्वय जटाशंकर गुप्ता र अवस्थी जोशी जसपामा प्रवेश गरेका हुन् । कार्यक्रममा जसपाका केन्द्रिय अध्यक्ष अशोक राई, खानेपानीमन्त्री प्रदीप यादव लगायतका नेताले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे ।

त्यसअवसरमा जसपाका सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष शुशीला श्रेष्ठ, महासचिव मोहम्मद इश्तियाक राई लगायतकाकोपनि सहभागीता थियो ।

केहिदिन अघि मात्रै लोसपाका केन्द्रिय उपाध्यक्ष पुरुषोत्तमलाल झापनि जसपामा प्रवेश गरेका थिए ।

 

लोसपाका उच्च तहका नेताहरु जसपामा प्रवेशले जसपाको सिद्धान्त र उद्देश्यप्रति भरोसा र समर्पणलाई अझ मजबुत बनाउने खानेपानीमन्त्री यादवले बताए । समाज परिवर्तन र समृद्धिको यात्रामा पार्टीले अगाडि बढाएका कदमहरूमा ऊर्जावान युवा र अनुभवी नेताहरुले पार्टी संगठनको निर्माण कार्यलाई अझ उचाईमा पुर्याउनेपनि उनले बताए ।

Related posts

महामन्त्री गगन थापाको स्वागतका लागि सिमरामा पुग्न कार्यकर्ताहरुलाई कांग्रेस पर्साको आह्वान

MadhesKhabar

कांग्रेस र एमालेसंगकाे टसलले संकटमा मधेस प्रदेश सरकार

MadhesKhabar

मधेस विरोधी एमाले र जसपासंग चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्छ : रमेश रिजाल

MadhesKhabar

Leave a Comment