Madhes Khabar
स्थानिय

स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वीरगन्जका युवा पत्रकार सर्राफले पाउने

वीरगन्ज,११मंसिरःस्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वीरगन्जका युवा पत्रकार आंशु सर्राफलाई प्रदान गरिने भएको छ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले स्थापना गरेको स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष यात्रा डेली अनलाइनका डेस्क सम्पादक सर्राफले पाउन भएका हुन् ।

बिहीबार बसेको पुरस्कार वितरणको लागि पत्रकार छनौट समितिको बैठकले दोस्रो स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार सर्राफलाई प्रदान गर्ने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष शम्भु कुमार सुमनले जानकारी दिए ।

२१ हजार रुपैयाँ नगद राशीको पुरस्कार यही मंसिर १५ गते वीरगंजमा आयोजना हुने स्व. नरेश सर्राफको तेस्रो स्मृति सभामा पत्रकार सर्राफलाई वितरण गरिने उनले बताए।

 

Related posts

कालिकामाई गाउपालिकामा नवनिर्मित प्रहरी भवनको उद्घाटन

MadhesKhabar

घडीअर्वाको रामजानकी मन्दिर कब्जा गरि बनाइएको सटरमाथि मेयर सिंहले चलाए डोजर

MadhesKhabar

वीरगन्जको शक्तिमान बेकरी एन्ड फुड प्रोड्क्ट उद्योगलाई २० हजार जरिवाना

MadhesKhabar

Leave a Comment