Madhes Khabar
स्थानिय हेडलाइन

घडीअर्वाको रामजानकी मन्दिर कब्जा गरि बनाइएको सटरमाथि मेयर सिंहले चलाए डोजर

मधेसखबर
वीरगन्ज,२५चैत : वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० घडिअर्वा स्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार नै थुनेर मन्दिरको जग्गा अतिक्रमण गरि बनाइएको पक्की घर महानगरपालिकाले भत्काएर हटाएको छ ।घडडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको रामजानकी मन्दिरमा भएको अतिक्रमण शनिबार महानगरका मेयर राजेशमान आफै पुगेर डोजर लगाएर हटाएका हुन् ।

आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा रिट दिएका थिए । तर उक्त रिट अदालतबाट अस्वीकार भएसँगै शनिबार महानगरपालिकाले कथित पुजारी तिवारीले मन्दिर नै बन्धक बनाउने गरि निर्माण गरेको पक्की संरचना डोजर लगाएर भत्काएको हो ।

गत फागुन ४ गते पुजारी तिवारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले अदालतमा निवेदन दिएकोमा शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै शनिबार मन्दिरलाई बन्धक बनाएर गरिएको अतिक्रमण हटाइएको हो ।

घडीअर्वाका स्थानीयका अनुसार , पुजारी तिवारीले विगत ३० वर्षदेखि मन्दिर प्रवेशमा रोक लगाएर मन्दिरकै जग्गा अतिक्रमण गरि त्यसमा पक्की संरचनाको सटरहरु निर्माण गरि सटर भाडामा दिएर भाडा असुली गर्दै आएका थिए ।

विक्रम संवत १९८२ सालदेखि नै रामजानकी मन्दिरको नाममा रहेको उक्त जग्गामा पुजारी तिवारीले वित ३० वर्षदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्फ पक्की संरचना बनाएर सटर भाडामा लगाएका थिए ।

शनिबार वर्षौंदेखि मन्दिरको जग्गामा पुजारी तिवारीले गरेको अतिक्रमण हटेसँगै घडडीअर्वाका स्थानीयले खुशी भएर मेयर सिंहलाई लड्डु खुवाउनुका साथै अन्यलाइ पनि बाँडेका थिए ।खुशी भएर लड्डु बाँडेका घडीअर्वाका स्थानीय युवा राकेश साहले भने,‘ हाम्रो वडाको सार्वजनिक सम्पदा फिर्ता पाउदा सबै वडावासी खुशीले गद्गद्छौ , मेयर राजेशमान सिंह जस्तो मेयर पाउदा हामी गौरवान्वित छौ ।

अदालतले महानगरकै पक्षमा आदेश दिएसंगै तिवारीले मन्दिरको स्वामित्वमा रहेका जग्गामा अतिक्रमण गरि बनाएका अन्य सबै संरचनाहरु पनि अब हटाएर मन्दिरलाई पुरानै संरचनामा फर्काउने मेयर सिंहले बताए । उनले भने,‘ मन्दिरमा गरिएको अतिक्रमण सबै हटाएर खाली गराउछौ , मन्दिर अब दैनिक पुजापाठ हुने गरि संचालनमा ल्याउछौं ।

शनिबार मन्दिरको अतिक्रमण हटाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १० का वडा अध्यक्ष सुशील कुमार साह कानु, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास, स्वकीय सचिव सत्यराज घिमिरे , जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, प्रशासन प्रमुख राज ताम्राकार, सरसफाइ प्रमुख सर्फुदिन मियाँ समेतको टोली पनि पुगेको थियो ।

Related posts

सन्त नेता स्व. भट्टराईकाे जन्म-जयन्तीमा वीरगन्जमा दिप प्रज्वलन

MadhesKhabar

पोखरिया ४ को वडा कार्यालयमा सेवाग्राहीलाई सास्ती

MadhesKhabar

लगातारको हुस्सु र कुहिरोले मधेसको जनजीवन कष्टकर

MadhesKhabar

Leave a Comment