Madhes Khabar
स्वास्थ्य

वीरगन्जको बहुअरीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३ सय १५ जना लाभान्वित

वीरगन्ज,१०मंसिरःवीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा बुधबार निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ । बहुअरीस्थित सामुदायिक विवाह भवन परिसरमा स्टार युथ क्लब बहुअरीले आयोजना गरेको निःशुल्क शिविरबाट ३ सय १५ जना लाभान्वित भएका छन् ।

वीरगन्ज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा आयोजित शिविरमा ३ सय १५ जनाको आँखा जाँच गरिएको र आवश्यक भएकाहरुलाई औषधि वितरणपनि गरिएको क्लबका अध्यक्ष शम्साद अली अन्सारीले जानकारी दिए ।

साथै शिविरमा जाँच गराएकामध्ये २७ जनामा मोतिया बिन्दुको समस्या देखिएकोमा उनिहरुको शनिबार वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यकृया गरिने जानकारीपनि उनले दिए ।

अन्सारीको अध्यक्षतामा भएको शिविरको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले गरेका थिए ।

Related posts

वीरगन्ज महानगरमा एक जनापनि बालबालिकालाई पुर्णखाेपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुकाे सामुहिक प्रतिबद्धता

MadhesKhabar

चिकित्सक संघ मधेस प्रदेशको अध्यक्षमा वीरगन्जका डा. नाैसाद हक र काेषाध्यक्षमा डा. दीपक चाैरसिया चयन

MadhesKhabar

एमआरआइ मेसिन खरिद प्रकरणमा नारायणी अस्पताल भन्छ : मेसिन खरिदको सबै काम मन्त्रालयबाट भएको हो

MadhesKhabar

Leave a Comment