Madhes Khabar
स्वास्थ्य

वीरगन्जको बहुअरीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३ सय १५ जना लाभान्वित

वीरगन्ज,१०मंसिरःवीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा बुधबार निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ । बहुअरीस्थित सामुदायिक विवाह भवन परिसरमा स्टार युथ क्लब बहुअरीले आयोजना गरेको निःशुल्क शिविरबाट ३ सय १५ जना लाभान्वित भएका छन् ।

वीरगन्ज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा आयोजित शिविरमा ३ सय १५ जनाको आँखा जाँच गरिएको र आवश्यक भएकाहरुलाई औषधि वितरणपनि गरिएको क्लबका अध्यक्ष शम्साद अली अन्सारीले जानकारी दिए ।

साथै शिविरमा जाँच गराएकामध्ये २७ जनामा मोतिया बिन्दुको समस्या देखिएकोमा उनिहरुको शनिबार वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यकृया गरिने जानकारीपनि उनले दिए ।

अन्सारीको अध्यक्षतामा भएको शिविरको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले गरेका थिए ।

Related posts

पर्साकाे पाेखरियामा २ हजार ६ सयकाे आँखा जाँच गर्दा ५७४ जनामा भेटियाे माेतियाबिन्दु

MadhesKhabar

वीरगन्ज सहित देशभरका डाक्टरहरु आन्दोलनमा,भोलि आकस्मिक बाहेकका सेवा बन्द गर्ने

MadhesKhabar

पर्सामा हैजा संक्रमण रोकथामका लागि सञ्चालित कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाहरुको सुझाव

MadhesKhabar

Leave a Comment