Madhes Khabar
समाचार

पर्सा : परालभित्र लुकाएर राखिएको २० पोका गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

वीरगन्ज,१०मंसिरःपर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ५ बटसौरा गाँउमा परालको कुन्युभित्र लुकाएर राखिएको लागू औषध गाँजा ठूलो परिमाणमा सशस्त्र प्रहरीले बरामद गरेको छ । बटसौरा गाँउको खेतमा थुपारिएको परालको कुन्युभित्र लुकाएर भण्डारण गरिएको २ क्वीन्टल १३ केजी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको नेतृत्वमा खटिएको टोलीले परालको कुन्यभित्रबाट २० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए ।

गाँजाको कारोबारीहरुले भारतमा तस्करी गर्नका लागि मकवानपुर र धादिंग जिल्लाका पहाडी भेगबाट ल्याएर भण्डारण गरेको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए ।

Related posts

मालपाेतका पियनकाे अकुत कमाई ९ कराेड

MadhesKhabar

पर्साकाे ठाेरीमा भारतीय नागरिक मृत फेला

MadhesKhabar

लागु औषध चरेससहित दुई भारतीय युवक बारामा पक्राउ

MadhesKhabar

Leave a Comment