Madhes Khabar
समाचार

मालपाेतका पियनकाे अकुत कमाई ९ कराेड

नाम : राजेन्द्र बस्नेत
पद : पियन (कार्यालय सहयोगी)
कार्यालय : मालपोत कार्यालय चाबहिल
अकुत कमाइ : ९ करोड
मुद्दा दर्ता : २०७६ माघ १६ गते
मुद्दाको अवस्था : विचाराधीन

काठमाडौं ,७भदाैं: मालपोत कार्यालयमा कति भ्रष्टाचार हुन्छ भन्ने उदाहरण बनेका छन्, एकजना कार्यालय सहयोगी। मालपोत चाबहिल काठमाडौंका एक जना कार्यालय सहयोगीले झन्डै ९ करोड अकुत सम्पत्ति कमाएका छन्। ती कार्यालय सहयोगी हुन्, राजेन्द्र बस्नेत। उनीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।

बस्नेतले ३० वर्षे जागिर जीवनमा ८ करोड ९८ लाख ५८ हजार सम्पत्ति आर्जन गरेको अख्तियारको भनाइ छ। २०४५ कात्तिक १९ गते मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति पाएका थिए। बस्नेतले श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेतको नाममा पनि अकुत सम्पत्ति लुकाएर राखेका थिए।

भतिजा कृपा बस्नेतको नाम एक करोड लुकाइएको पाइएको छ। यस्तै, श्रीमती सीताको नाममा ६ करोड ७५ लाखको घरजग्गा खरिद गरेको देखिएको छ। उनले विभिन्न स्थानमा घरजग्गा खरिद गरेका थिए। उनको आफ्नै सवारीसाधन पनि भएको अनुसन्धानबाट देखिएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिएको देखिएको छ।

पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्ने उजुरीपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान गरेको थियो। बस्नेतको मुद्दा विचाराधीन छ। साभार:अन्नपूर्णपाेष्टबाट

Related posts

भारतबाट तस्करी गरी ल्याइएका २० वटा भैंसी र पाडा सशस्त्र प्रहरीको नियन्त्रणमा

MadhesKhabar

बारामा फेरि अर्को सवारी दुर्घटना, श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु

MadhesKhabar

नेपाल एयरलाइन्सले दिन थाल्यो हवाई भाडामा छुट

MadhesKhabar

Leave a Comment