बारा,१९असारःबारामा सशस्त्र प्रहरीले लागु औषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० शनिचरा मठ नजिकबाट मंगलबार राति सशस्त्र प्रहरीले १० केजी २३० ग्राम चरेससहित दुुई भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहारको आदापुर पञ्चायतको बेलवा गाँउका १८ बर्षिय मनिष कुमार र २१ बर्षिय भरत साह रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक भवराज कटुवाललले जानकारी दिए ।उनका अनुसार, सशस्त्र प्रहरीको गस्ती टोलीले मनिष र भरत सवार बीआर ०५ बी ई ०७६७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनि र हेल्मेटभित्र लुकाएर राखिएको १० किलो २३० ग्राम चरेस बरामद भएको हो ।
चरेससहित पक्राउ परेका दुवैजना र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि बुधबार जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक कटुवालले जानकारी दिए ।

