Madhes Khabar
समाचार

पर्साकाे भताैडाबाट सालकाे काठसहित मियाँ पक्राउ

वीरगन्ज ,१६जेष्ठ: पर्साकाे पटेर्वासुगाैली गाँउपालिका वडा नम्बर ४ भताैडाबाट सालकाे गाेलीया काठसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पटेर्वासुगाैली गाँउपालिका वडा नम्बर ५ निचुटाका ३५ वर्षिय ताहिर मियाँ रहेका छन् ।

जंगलबाट काठ चाेरी तस्करी गरि ल्याँउदै गरेकाे अवस्थामा मियाँलाई वनगस्ती टाेलीले पक्राउ गरेकाे हाे ।

सब डिभिजन वन कार्यालय रंगपुरटाडीका रेन्जर कपिलदेव यादवको नेतृत्वमा खटिएको वन गस्ती टोलीले मंगलबार बिहान२ बजेको समयमा ना५९ प ८१९९ नम्बरको मोटरसाइकलमा लोड गरिएको सालको काठ सहित मियाँलाई पक्राउ गरि डिभिजन वन कार्यालय पर्सामा बुझाएको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाष चन्द्र दासले जानकारी दिए ।

Related posts

कारमा गाँजा ओसार्ने जितपुरका अन्सारी हेटौंडामा पक्राउ

MadhesKhabar

पर्साकाे इटियाहीबाट १४५ केजी गाँजासहित कार सशस्त्र प्रहरीले नियन्त्रणमा लियाे

MadhesKhabar

जनकपुरमा करेन्ट लागेर दाजुभाइको मृत्यु

MadhesKhabar

Leave a Comment