Madhes Khabar
समाचार

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल पर्साको सभापतिमा कुर्मी निर्विरोध चयन

वीरगन्ज,६मंसिरःसेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल पर्साको सभापतिमा वेदप्रकाश कुर्मी सर्वसम्मत चयन भएका छन् ।
शनिबार वीरगन्जमा सम्पन्न तेस्रो अधिवेशनले सभापतिमा कुर्मीलाई निर्विरोध चयन गरेको छ ।

यस्तै उपसभापतिमा हेमन्त पाण्डे, पप्पु गिरी,राजिव सर्राफ र फरियाद आलम, सचिवमा विकेश साह,सहसचिवमा सुरज चौधरी दिलशाद इकबाल र प्रमानन्द पटेल,कोषध्यक्षमा प्रभात मण्डल र मनिषा महतो पनि निर्विरोध चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा मोइन हुसेन, रमेश दास,विजय साह, मुकेश यादव,सुमित साह, आशीष तिवारी,सिद्धार्थ पटेल, बृजेश रौनियार,प्रवेश साह र पुष्पराज साह चयन भएका छन् ।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल पर्साका निवर्तमान सभापति पियांशु गुप्ता रौनियारको अध्यक्षता तथा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल मधेस प्रदेशका पूर्व अध्यक्ष मनोज दास, नेविसंघ पर्साका सभापति रमेश यादव लगायततकाकोपनि सहभागिता थियो ।

 

Related posts

एमाले नेता महेश बस्नेतबिरुद्धको रिट उच्च अदालतद्वारा पनि खारेज

MadhesKhabar

वीरगन्जको सिर्सिया नदीमा एक पुरुषकाे शव फेला

MadhesKhabar

ठाकुरराम क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर्छु : खानेपानी मन्त्री यादव

MadhesKhabar

Leave a Comment