Madhes Khabar
स्थानिय हेडलाइन

१ लाख रुपैयाँ घुस लिने वीरगन्जको नापी कार्यालयका अमिन र पियन पक्राउ

वीरगन्ज,२मंसिरःवीरगन्जस्थित नापी कार्यालयका दुई कर्मचारी सेवाग्राहीसंग घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगन्ज–३ स्थित नापाी कार्यालयका सर्भेक्षक –अमिन) प्रमोद राउत कुर्मी र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौंको टंगालस्थित अख्तियारको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले मंगलर वीरगन्जस्थित नापी कार्यालयबाटै दुवै जनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार, राउत र उपाध्यायले छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाई १ लाख रुपैयाँ घुस मागेको सूचना अख्तियारको कार्यालयलाई प्राप्त भएको थियो । त्यहि सूचनाका आधारमा मंगलबार खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अवस्थामै राउत र उपाध्यायलाई नियन्त्रणमा लिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

नियन्त्रणमा लिइएका दुवै जनालाई अख्तियारको टोलीले काठमाडौंस्थित कार्यालयमा लिएर गएको र यसबारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए ।

Related posts

वीरगन्ज महानगरको अवस्था बारे जनतालाइ जानकारी गराउन श्वेतपत्र जारी गरिने

MadhesKhabar

अनुदान दुरुपयोग हुन नदिन वास्तविक किसानहरुको पहिचान गर्दै वीरगन्ज महानगर

MadhesKhabar

चाडपर्बलाई लक्षित गरी वीरगन्जमा बजार अनुगमन तिब्र बनाउने निर्णय

MadhesKhabar

Leave a Comment