काठमाडौं,३०कात्तिक :अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका तत्कालीन प्रमुख किशोर यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर –४ कलैया बाराका तत्कालीन डिभिजन प्रमुख यादव र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालि तथा उक्त कम्पनीको प्रबन्धक निशान्त सिग्देल, प्रभाव पब्लिकेशन प्रालिको बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरूविरुद्ध जनही ३ लाख १६ हजार ५७० रुपैयाँ बिगो माग गरिएको छ।आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत बजेट अनुसार बारा अन्तर्गत विभिन्न निर्माण कार्यका लागि २३ वटा बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी मिलेमतोमा ठेक्का लगाइ अनियमितता गरेको उनीहरूमाथि आरोप छ।साभारःअन्नपूर्णपोष्ट

