Madhes Khabar
अर्थतन्‍त्र

एकैदिन ताेलामा ७ हजार रुपैयाँले घट्याे सुनकाे मूल्य

वीरगन्ज,३०कात्तिक:नेपाली बजारमा आज(आइतबार) सुनको मूल्य ताेलामा करिब ७ हजार रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने एक तोला सुनको कारोबार २ लाख ४९ हजार ७ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १५० रुपैयाँले घटेको छ । यससँगै चाँदीको कारोबार प्रतितोला ३ हजार १३५ रुपैयाँमा भइरहेको छ ।

Related posts

वीरगन्जमा यसपालिपनि नयाँ वर्षको अवसरमा तीन दिन ‘रात्रि बजार’ लाग्दै

MadhesKhabar

वीरगन्ज भन्सार कार्यालयमा रोकिएन `दस्तुरी´: व्यापारीहरु हैरान

MadhesKhabar

नेपालबाट ५ महिनामा १३ अर्ब ४ करोडको बिजुली भारत निर्यात

MadhesKhabar

Leave a Comment