Madhes Khabar
स्वास्थ्य

विश्व मधुमेह दिवसका अवसरमा नेशनल मेडिकल कलेजद्वारा निःशुल्क जाँच तथा परामर्श सेवा

वीरगन्ज,२८कात्तिकः विश्व मधुमेह दिवसको अवसरमा वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आयोजनामा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श शिविर सम्पन्न भएको छ ।

वीरगन्जको घडिअर्वा पोखरी परिसरमा शुक्रबार रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगन्जको सहकार्यमा आयोजित शिविरमा आएका १४१ जनाको मधुमेहको परीक्षण,रक्तचाप मापन तथा मधुमेहसम्बन्धी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।

शिविरमा नेशनल मेडिकल कलेजका डा. अनिल साह , इञ्जिनियर प्रदीप चौधरी,जितेन्द्र दास, ब्रज किशोर चौधरी,विश्वनाथ कण्ठ,डा. प्रशान्त भण्डारी,क्लबकी अध्यक्ष रोजनी भट्टराई अध्यक्ष,सचिव सुजल ठाकुर, कार्यक्रम संयोजक सन्दीपराज ओझा लगायतकाको सहभागिता थियो ।

 

Related posts

वीरगन्जकी डा. गुप्ता कार्डियक सोसाइटी अफ नेपालद्वारा सम्मानित

MadhesKhabar

आँखा पाक्ने रोगबाट बच्ने ६ उपाय

MadhesKhabar

वीरगन्जमा सुरक्षित गर्भपतन गराउनेहरुको संख्या बढ्दै,स्कूल र कलेजमा अझै सचेतना फैलाउनु पर्नेमा जोड

MadhesKhabar

Leave a Comment