Madhes Khabar
स्वास्थ्य

विश्व मधुमेह दिवसका अवसरमा नेशनल मेडिकल कलेजद्वारा निःशुल्क जाँच तथा परामर्श सेवा

वीरगन्ज,२८कात्तिकः विश्व मधुमेह दिवसको अवसरमा वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आयोजनामा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श शिविर सम्पन्न भएको छ ।

वीरगन्जको घडिअर्वा पोखरी परिसरमा शुक्रबार रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगन्जको सहकार्यमा आयोजित शिविरमा आएका १४१ जनाको मधुमेहको परीक्षण,रक्तचाप मापन तथा मधुमेहसम्बन्धी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।

शिविरमा नेशनल मेडिकल कलेजका डा. अनिल साह , इञ्जिनियर प्रदीप चौधरी,जितेन्द्र दास, ब्रज किशोर चौधरी,विश्वनाथ कण्ठ,डा. प्रशान्त भण्डारी,क्लबकी अध्यक्ष रोजनी भट्टराई अध्यक्ष,सचिव सुजल ठाकुर, कार्यक्रम संयोजक सन्दीपराज ओझा लगायतकाको सहभागिता थियो ।

 

Related posts

नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जनालाई जागीरबाट हटाइयो

MadhesKhabar

पर्साको गादीमा सुविधासम्पन्न प्रसूती केन्द्र सञ्चालन, अध्यक्ष चौधरीले गरे समुद्घाटन

MadhesKhabar

३० कराेडकाे एमआरआई मेसिन नारायणी अस्पतालमा अढाई महिनादेखि अलपत्र

MadhesKhabar

Leave a Comment