Madhes Khabar
समाज

रुखबाट खसेर असक्त भएका पर्साका एक युवकलाई उपकार सेवाले दियो ह्वील चेयर

वीरगन्ज,२८कात्तिकःरुखमा चढेर स्याउला काट्ने क्रममा खसेर घाइते भएपछि शारिरिक रुपमा असक्त भएका एक जनालाई उपकार सेवा नेपालले ह्वील चेयर प्रदान गरेको छ ।

उपकार सेवा नेपालले पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ सखुनियाका ३८ वर्षीय विजय महतो नुनियालाई ह्वील चेयर प्रदान गरेको हो ।

चार वर्ष पहिले नुनिया गाईवस्तुका लागि स्याउला काट्न रुखमा चढेका बेला खसेर घाइते भएका थिए ।स्पाइनल इन्जुरी भएर शारिरिक रुपमा पूर्ण रुपमा असक्त भएका नुनिया चार वर्षदेखि ओछ्यानमा परेको थाहा पाएपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा उपकार सेवा नेपालले ह्वील चेयर सहयोग गरेको हो ।

उपकार सेवा नेपालकी अध्यक्ष बिद्या कुमारी सरावगीले वीरगन्जस्थित आफ्नै घरमा नुनियालाई बोलाएर ह्वील चेयर प्रदान गरेको थारुले जानकारी दिए ।

 

Related posts

ठाकुरराममा स्ववियुद्वारा आयोजित कार्यक्रममा ६१ जनाले गरे रक्तदान

MadhesKhabar

बाराबाट उद्धार गरिएकी १० बर्षिया बालिकालाई सानो पाइलाले अभिभावकको जिम्मा लगायो

MadhesKhabar

वीरगन्ज–८ मा वडा कार्यालयले ३५ जनालाई गर्‍यो ‘ नागरिक अभिनन्दन ’

MadhesKhabar

Leave a Comment