Madhes Khabar
समाज

रुखबाट खसेर असक्त भएका पर्साका एक युवकलाई उपकार सेवाले दियो ह्वील चेयर

वीरगन्ज,२८कात्तिकःरुखमा चढेर स्याउला काट्ने क्रममा खसेर घाइते भएपछि शारिरिक रुपमा असक्त भएका एक जनालाई उपकार सेवा नेपालले ह्वील चेयर प्रदान गरेको छ ।

उपकार सेवा नेपालले पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ सखुनियाका ३८ वर्षीय विजय महतो नुनियालाई ह्वील चेयर प्रदान गरेको हो ।

चार वर्ष पहिले नुनिया गाईवस्तुका लागि स्याउला काट्न रुखमा चढेका बेला खसेर घाइते भएका थिए ।स्पाइनल इन्जुरी भएर शारिरिक रुपमा पूर्ण रुपमा असक्त भएका नुनिया चार वर्षदेखि ओछ्यानमा परेको थाहा पाएपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा उपकार सेवा नेपालले ह्वील चेयर सहयोग गरेको हो ।

उपकार सेवा नेपालकी अध्यक्ष बिद्या कुमारी सरावगीले वीरगन्जस्थित आफ्नै घरमा नुनियालाई बोलाएर ह्वील चेयर प्रदान गरेको थारुले जानकारी दिए ।

 

Related posts

वीरगन्जका चाेक चाेकमा जनमत पार्टीका युवाहरुले आगाे ताप्ने व्यवस्था मिलाए

MadhesKhabar

बाराको निर्वाचन कार्यालयमा ताल्चा मार्ने वडा अध्यक्ष गुप्ता पक्राउ

MadhesKhabar

मृत्युपछि आँखा दान गर्नका लागि प्रेरित गर्ने उदेश्यका साथ वीरगन्जमा `जनजागृत अभियान´ सञ्चालन

MadhesKhabar

Leave a Comment