Madhes Khabar
राजनीति

मधेसमा एमाले बाहेकका ७ दलले थाले आन्दोलन

जनकपुर,२६कात्तिकः मधेसका सात दलले बुधबार (आज) बिहानदेखि जनकपुरस्थित मधेस भवनको २ नम्बर गेटमा शान्तिपूर्ण धर्ना सुरु गरेका छन्।

सातै दलले मंगलबारराति प्रहरी दमनको विरोधमा विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका थिए।बुधबारको धर्नामा प्रदेश सभा सदस्यहरू पनि सहभागी छन्। आन्दोलनको सुरुवात सडक पेटीमा बसेर गरिएको थियो। तर पछि भिड बढेसँगै सडक जाम हुने गरी उनिहरुले प्रदर्शन गरिरहेका छन्।

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव आज(बुधबार) बिहानै काठमाडौं प्रस्थान गरेका छन्। उनले प्रादेशिक अस्पतालमा आन्दोलनका घाइतेहरूलाई भेटघाट गरेका थिए। यादवले राति मधेस भवन पुगेर पदभार ग्रहण गरेका थिए।

 

Related posts

बारा: कांग्रेस सभापतिको ह्वीप लत्याउँदै अधिकांश महाधिवेशन प्रतिनिधिहरु काठमाडौं प्रस्थान

MadhesKhabar

डा. गुप्ताको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक : शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

MadhesKhabar

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

MadhesKhabar

Leave a Comment