काठमाडौं,२६कात्तिक : नेपाली बजारमा सुनको मूल्य आज (बुधबार)२ हजार ६ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढेको थियो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार ६ सयले घटेर एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ।
सुनको मूल्य घटे पनि चाँदीको भाउ भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार ५ रुपैयाँले बढेर प्रतितोला चाँदी ३ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार एक तोला चाँदी ३ हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

