Madhes Khabar
राजनीति

संसद पुर्नस्थापनको माग गर्दै वीरगन्जमा एमालेको शक्ति प्रदर्शन

वीरगन्ज,२५कार्तिक : बिघटीत प्रतिनिधिसभा (संसद) पुर्नस्थापनाको माग गर्दै वीरगन्जमा पनि मंगलबार नेकपा एमालेले प्रदर्शन गरेको छ । एमालेको वीरगन्ज महानगर कमिटीले मंगलबार वीरगन्जमा मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनी मिल आवास क्षेत्रमा निस्किएको मोटरसाइकल रयालीले पावरहाउस चोक, मुर्ली, घण्टाघर, आदर्शनगर हुदैं नगरपरिक्रमा गरेको थियो ।

नगर परिक्रमापछि घण्टाघर चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले नेताहरुले प्रतिनिधि सभा विद्दछन असंवैधानिक रहेकाले त्यसको पुर्नस्थापनाका लागि एमाले सडकमा उत्रिएको बताए । उनले प्रतिनिधि सभा पुनःस्थापनाको मागलाई पार्टीको मुख्य राजनीतिक अभियानका रूपमा अघि बढाइने बताए। सर्वोच्च अदालतले जनताको म्यान्डेट बोकेको सदन पुर्नस्थापना गर्ने विश्वास व्यक्त गर्दै उनीहरूले वर्तमान सरकारलाई “असंवैधानिक र जनमतविहीन दलाल सरकार” को संज्ञा दिए।

जेनजी आन्दोलनको नाममा फैलिएको अराजकतालाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गर्दै उनिहरुले उक्त आन्दोलनको तत्काल छानबिन गरेर त्यसमा अराजकता मच्चाउनेहरुलाई कारबाहीको माग गरे।

एमालेका वीरगन्ज महानगर कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको प्रदर्शनमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राजकुमार गुप्ता, केन्द्रीय सदस्य प्रभु हजरा, अरविन्द सिंह, मधेस प्रदेशका उपाध्यक्ष तथा वीरगन्ज महानगर इञ्चार्ज विचारी यादव, पूर्व मेयर विजय सरावगी, प्रदेशसभा सदस्य बिना शर्मा, बुद्धिजीवी परिषद् मधेस प्रदेश अध्यक्ष शम्भु गुप्ता, नेताहरू सुन्दर कुर्मी अवधकिशोर कुशवाहा लगायतकोपनि सहभागिता थियो।

Related posts

राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने प्रचण्डको वचन

MadhesKhabar

शेरबहादुर देउवाले चुनाव नलड्ने

MadhesKhabar

जसपा नेपाल विभाजनसम्बन्धी रिटमा आजपनि भएन सुनुवाइ

MadhesKhabar

Leave a Comment