Madhes Khabar
राजनीति

पूर्व मेयर सरावगी एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्यमा मनोनित

मधेसखबर

वीरगन्ज,२७ असार :नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा वीरगन्जका पूर्व मेयर विजय सरावगी मनोनित भएका छन्।

एमालेले गठन गरेको ३०६ सदस्यीय केन्द्रीय सल्लाहकार परिषदमा सरावगीलाइ पनि मनोनित गरिएको हो ।

एमालेको केन्द्रीय सल्लाहकार परिषदको सदस्यमा पर्साबाट डाक्टर विश्वम्भर शर्मा,रसिद अन्सारी,कदम रसुल र ठाकुर न्यौपाने पनि मनोनित भएका छन्।

केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरा रहेका छन्। उनकै नेतृत्वमा सात सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरिएको छ । सचिवालयमा गोमा देवकोटा, ज्ञानबहादुर भुजेल, डा. गोविन्द नेपाल, गोपाल शाक्य, टेकु नेपाली र गोविन्दप्रसाद कलौनी रहेका छन्।

Related posts

अजय चौरसियाको पक्षमा मत माग्न वीरगन्जका महिलाहरु पनि उत्रिए चुनावी प्रचारमा

MadhesKhabar

निकट भविष्यमा नेपालले महिला प्रधानमन्त्री पाउँदैछ : खानेपानी मन्त्री यादव

MadhesKhabar

ठाेरीमा कांग्रेसले सप्ताह व्यापी कार्यक्रम गरेर मनायाे विपी स्मृति दिवस

MadhesKhabar

Leave a Comment