Madhes Khabar
राजनीति

ठाेरीमा कांग्रेसले सप्ताह व्यापी कार्यक्रम गरेर मनायाे विपी स्मृति दिवस

वीरगन्ज ,१३साउन: पर्साकाे ठाेरी गाँउपालिकामा नेपाली कांग्रेसले महामानव स्वर्गीय विश्वेसर प्रसाद काेइरालाकाे ४१ ओैं स्मृति दिवस सप्ताह व्यापी कार्यक्रम गरेर मनाएकाे छ ।

सप्ताह व्यापी कार्यक्रमकाे अन्तिम दिन शनिबार कांग्रेसले ठाेरी ४ निर्मलवस्तीमा गाउँसभा गरी सप्ताह व्यापी कार्यक्रम समापन गरेको हाे।

कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य शंकर चाैधरीले विपी स्मृति दिवस सप्ताह व्यापी कार्यक्रम गरि मनाएकाेमा कांग्रेसकाे ठाेरी गाँउपालिका समितिकाे प्रशंसा गरे ।उनले विपीले लिएको मेलमिलापको नीति आजपनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गरे।

काँग्रेस ठोरी गाँउपालिकाका सभापति सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न काँग्रेस गाउँसभामा गत बिहिवार सम्पन्न अन्तर विद्यालय स्तरीय वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई प्रदेश सभा सदस्य चौधरीले नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठ र प्रकाश खनाल ,ठाेरी २ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा ,काँग्रेस ठोरीका पूर्व संयोजक शम्भुराम पौडेल, सचिव भक्तबहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

विपी स्मृति दिवसमा कांग्रेस ठोरीले गत साउन ६ गतेदेखि वडास्तरीय वृक्षारोपण ,गणेशमान पार्क सरसफाइ तथा वृक्षरोपण ,निर्मलबस्ती आधारभूत विद्यालयमा वृक्षरोपण ,प्रत्येक वडामा अन्तरकृया ,अन्तर विद्यालय स्तरीय वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता , रक्तदान कार्यक्रम र अन्तिम दिन शनिबार गाउँसभा गरी सप्ताह व्यापी कार्यक्रम समापन गरिएको कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले जानकारी दिए।

Related posts

त्रिविका क्याम्पसहरुमा आज स्ववियु निर्वाचन हुदै

MadhesKhabar

वीरगन्जमा बालेन शाहको ‘रोड शो’ मा जेनजीहरुले लगाए नारा : ‘ अबकि बार, बालेन सरकार ’

MadhesKhabar

मधेसीमाथि न्यायलयलेपनि अन्याय गरिरहेकाे लाेसपा अध्यक्ष ठाकुरकाे आराेप

MadhesKhabar

Leave a Comment