Madhes Khabar
राजनीति

मधेसीमाथि न्यायलयलेपनि अन्याय गरिरहेकाे लाेसपा अध्यक्ष ठाकुरकाे आराेप

फाइल फाेटाे

महाेत्तरी,२४चैत:लोकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मुलुकमा मधेसमाथिको अन्याय अझै कायम रहेको बताएका छन् ।

महोत्तरीको मटिहानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै लाेसपा अध्यक्ष ठाकुरले सरकारले मधेसीमाथि विभेद कायम राखेको र अदालतले पनि न्याय नगरेको गुनासो गरे ।

देशकाे आधा भन्दा बढी जनसंख्या रहेको मधेस प्रदेशमा कम बजेट दिनु र निर्वाचन क्षेत्र कम बनाउनु मधेस र मधेसीमाथिको विभेदको उदाहरण भएको उनको भनाइ छ ।

‘आधा भन्दा बढी जनसंख्या भएपनि १ सय ६५ मध्ये सुरुमा ६५ सिट मात्रै दिइएको थियो तर हामीहरुकै आन्दोलनका कारण अहिले त्यो संख्या ७९ पुगेको छ, जबकी हाम्रो माग ८२ सिट रहेको छ’, ठाकुरले भने ।

देशको लगभग ५१ प्रतिशत जनसंख्या मधेसमा रहेको भन्दै अध्यक्ष ठाकुरले मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने धारणा राखे ।

लोसपा अध्यक्ष ठाकुरले नेपालको इतिहास नै हत्या हिंसाले भरिएको भन्दै मधेसमा शान्तिपूर्ण संघर्ष गर्दा मधेसीले गोली र लठ्ठी खानु परेको बताए ।

Related posts

इजरायलको द्वन्द्धमा फसेका नेपालीहरुको अविलम्ब उद्धार गर्न सांसद यादवको माग

MadhesKhabar

भ्रष्टहरुलाई नलखेटेसम्म विश्राम लिन्नौं : रवि लामिछाने

MadhesKhabar

छिपहरमाइ गाँउपालिकाको मतगणना स्थगीत , पुन मतदान गराउन काँग्रेसको माग

MadhesKhabar

Leave a Comment