Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

पहिलो तीन महिनामा मधेस सरकारको बजेट खर्च साढे ३ प्रतिशत मात्रै

जनकपुर,१७कात्तिकःमधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३.५ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
जेन–जी आन्दोलन, प्रदेश सरकार परिवर्तन र मन्त्रालयको खाता सञ्चालनमा ढिलाइ हुँदा मधेस प्रदेशमा बजेटको खर्च खुम्चिएको हो ।

मधेस प्रदेशमा पहिलो त्रैमासिकमा चालुतर्फको बजेट ७.६८ प्रतिशत र पूँजीगत बजेट १.१८ प्रतिशत मात्र खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरका अनुसार मधेश प्रदेश सरकारले पहिलो त्रिमासिकमा १ अर्व ६२ करोड २८ लाख रुपैयाँ मात्र खर्च गरेको छ । जसमा चालु तर्फ १ अर्व २८ करोड ४२ लाख र पूँजीगत खर्च ३३ करोड ८५ लाख रुपैयाँ पुगेको प्रदेश लेखा नियन्त्रक मनोज कुमार झाले जानकारी दिए ।

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ।
जेन–जी आन्दोलनपछि जनमत पार्टीको नेतृत्वमा रहेको मधेस प्रदेश सरकार फेरिएर लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री सोनलले दुई मन्त्रीलाई बिभागीय जिम्मेवारी दिएका छैनन् । अन्य मन्त्री पनि नथपिएकाले मन्त्रालयको बजेट खर्च प्रभावित बनेको एक मन्त्रालयका सचिवले बताए ।साभारः इकान्तिपुर

Related posts

राजनीतिबाट सन्यास लिँदैछु : सांसद विमल श्रीवास्तव

MadhesKhabar

तलब नपाएको भन्दै वीरगन्जका निजी विद्यालयका शिक्षकले मेयर सिंहलाई गुहारे

MadhesKhabar

पराल बिक्री गर्न पाउँदा पर्साका किसानहरु खुशी

MadhesKhabar

Leave a Comment