Madhes Khabar
सुदूरपश्चिम प्रदेश

राष्ट्रिय सम्मानका साथ विपिनको अन्त्येष्टि

तस्बिर : शिवराज भट्ट /अन्नपूर्णपोष्ट

काठमाडौं,४कात्तिकःहमास समूहको बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका कञ्चनपुरका युवक विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

भुजेला घाटस्थित महाकाली नदीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढाउनुका साथै सशस्त्र प्रहरीले सलामी दिएर राष्ट्रिय सम्मानका साथ जोशीको अन्त्येष्टि गरिएको हो ।तयसअघि शवयात्रामा सहभागी नेपालका लागि इजरायली दूतावासका कर्मचारीले इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए ।

इजरायलबाट सोमबार काठमाडौँ ल्याइएको विपिनको शव साँझ नै सेनाको विमानबाट धनगढी विमानस्थलसम्म लगिएको थियो । त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शव वाहनमार्फत भीमदत्त नगरपालिका–३ स्थित घरमा लगिएको थियो । मंगलबार बिहान घरबाट हजारौँको सहभागितामा भुजेलाघाटसम्म शवयात्रा गरिएको थियो ।

शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्व परराष्ट्र मन्त्री एनपी सावद, विघटित प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङलगायत सहभागी हजारौँको संख्यामा सहभागी भएका थिए ।साभारः इकान्तिपुर

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

सुदूरपश्चिम प्रदेश : एमालेकाे सरकार ढल्याे , कांग्रेसका शाह नयाँ मुख्यमन्त्री नियुक्त

MadhesKhabar

भारतमा ट्रकले ठक्कर दिदाँ सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

MadhesKhabar

Leave a Comment