वीरगन्ज,३कात्तिकःमधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग शिष्टाचार भेट गरेका छन् ।
काठमाडौंस्थित प्रचण्डको निवासमा सोमबार बिहान पुगेर मुख्यमन्त्री सोनलले पूर्वप्रधानमन्त्री प्रचण्डसंग शिष्टाचार भेटघाट गरेका हुन् ।त्यसअवसरमा प्रचण्उडले नवनियुक्त मुख्यमन्त्री सोनललाई बधाई दिदैं कार्यकाल सफलताको शुभकामनापनि दिउ ।
शिष्टाचार भेटघाटका क्रममा दुवै जनाबीच मुलुकको अहिलेको राजनीतिक अवस्था, मधेस प्रदेशमा बनेको नयाँ सरकार सञ्चालन, मधेस प्रदेश सरकारका आगामी योजना लगायतका विषयमा छलफल भएको बताइएको छ ।
भेटका क्रममा माओवादी अध्यक्ष प्रचण्डले मधेसको समृद्धि र राजनीतिक स्थिरताका लागि संघीय सरकार र प्रदेश सरकारबीच सहकार्यको आवश्यकता रहेकोमा जोड दिए ।हालै सोनल नेतृत्वमा बनेको मधेस सरकारलाई आफ्नो दलको पूर्ण सहयोग रहने भन्दै प्रचण्डले मधेसका जनताको अपेक्षा पुरा गर्नका लागि मधेस सरकारलाई माओवादीले सधैं सहयोग गर्ने आश्वासनपनि दिए ।

