Madhes Khabar
राजनीति

नेपाल–भारत नाकमा लगाइएको भन्सार शुल्क हटाउन जसपा नेपालको माग

काठमाडौं,५वैशाखः नेपाल–भारत सीमा क्षेत्रमा सामान भन्सार सम्बन्धी नयाँ व्यवस्थालाई लिएर जनता समाजवादी पार्टी नेपालले आपत्ति जनाएको छ।पार्टीका संरक्षक महन्थ ठाकुर ले एक विज्ञप्ति जारी गर्दै नेपाल–भारतबीचको ऐतिहासिक र परम्परागत सम्बन्धलाई ध्यानमा राख्दै सरकारको निर्णय पुनर्विचार गर्न माग गरेका छन्।

विज्ञप्तिमा नेपाल र भारत बीचको मित्रता सम्बन्ध प्राचीनकालदेखि नै आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपमा गहिरो रूपमा जोडिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको दिनानुदिनको जीवनयापनसँग सम्बन्धित किन मेलमा लगाइएको १०० को सीमा लगायत अन्य सामाजिक सांस्कृतिक, धार्मिक सम्बन्धमा खटास र नागरिकको दैनिक जीवनमा असर पर्ने कानुनी व्यवस्थाहरू यथा शीघ्र खारेजी गरी पुनः पहिलेको झैँ रीतिथिति कायम राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

हाल नेपाल सरकारले सीमावर्ती क्षेत्रमा भारतबाट आउने व्यक्तिहरूले १०० रुपैयाँसम्मको सामान मात्रै भन्सार नतिरी ल्याउन पाउने व्यवस्था लागू गरेको छ।

Related posts

पर्सा–३ मा जितेका रास्वपा सांसद चौरसियाको चुनाव खर्च ११ लाख ६५ हजार मात्रै

MadhesKhabar

जगरनाथपुर–४ मा घरदैलो कार्यक्रममा पुगेका कांग्रेस उम्मेदवार रिजाललाई मतदाताले गरे स्वागत

MadhesKhabar

रामसहायलाई उपराष्ट्रपति बनाएर संसद् छिर्न चाहन्छन् उपेन्द्र

MadhesKhabar

Leave a Comment